सिद्धार्थ इन्स्योरेन्सको मूल्य समायोजन

काठमाडौं, जेठ ३० । बिहीबार सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीको १५.४८४ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ४ सय ७१ दशमलव शून्य ७७ रुपैयाँ तोेकेको छ ।

यहि मूल्यलाई आधार मानेर आजको शेयर बजार खुल्नेछ ।

इन्स्योरेन्स कम्पनीको आधार मूल्य ७ सय ४७ दशमलव ५३८ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३०, २०७६ /Thursday, June 13th, 2019, 10:39 am