पोखराको उत्तमचोकमा गोली चल्यो

काठमाडौं, जेठ २९ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले पोखराकोे उत्तमचोकमा गोली चलाएको छ।

लागू औषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए। प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् ।

खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 4:31 pm