बुधबार पनि घट्यो नेप्से, सर्बाधिक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन

काठमाडौं, जेठ २९ । साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशलमव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्लो दिन मंगलबार १ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८ सय ८५ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ८ लाख ७६ हजार ९ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको थियो भने बुधबार १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार १२ वटा उपपरिसुचकहरुमा ३ वटा समूह मात्र बढेको छ भने ९ वटा समूह घटेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार ७ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन रहेको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।

साथै सर्बाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 4:22 pm