बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं, जेठ २९ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार, मंगलबार प्रति तोला ६२ हजार ३ सयमा कारोबार भैरहेको सुन आज (बुधबार) पनि प्रति तोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज (बुधबार) तेजावी सुन तोलाको ६२ हजार रुपैँयामा कारोबार भैरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार, मंगलबार चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेकोमा आज (बुधबार) पनि प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 11:05 am