कैलाली–कञ्चनपुरमा फेरी हावाहुरीसहित बर्षा, सचेत रहन आग्रह

काठमाडौं, जेठ २९ । कैलालीको धनगढी र कञ्चनपुर लगायत आसपासका क्षेत्रमा बुधबार बिहानदेखि फेरी हावाहुरी र बर्षा शुरु भएको छ । यद्यपी गत बिहिवार आएको जस्तो भयानक हावाहुरी आज नहाउने नभएको मौसम पुर्वानुमान महाशाखाका मौसमबिद बरुण पौडेलले वताए ।

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका धेरैजसो स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिममा अबको तीन दिनसम्म ठूलो हावाहुरी चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन विभागले आग्रह गरेको छ।

यस अघि गतबिहीबार साँझको भीषण हावाहुरीका कारण कैलालीमा दुईजनाको मृत्यु भएको थियो भने सय भन्दा धेरै घाइते भएका थिए।

प्रकाशित मिति: बुधबार, जेष्ठ २९, २०७६ /Wednesday, June 12th, 2019, 8:47 am