बेलायती समकक्षी मे सङ्ग भेटेर प्रधानमन्त्री ओलिले उठाए यस्ता विषय

लण्डन, जेठ २८ । आठ दिने युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ । १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ओली र समकक्षी मेबीच मंगलबार भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक कुन्दन अर्यालले ट्विटमार्फत जानकारी दिएका छन् ।
भेटका अवसरमा नेपाल-बेलायत विकास साझेदारी, पर्यटन प्रबर्द्धन र ब्रिटिश गोर्खासम्बन्धी विषयमा छलफल जनाइएको छ । गोर्खा सैनिकको सेवा सुबिधामा भेदभाव गरिएको बारे पनि प्रधानमन्त्री ओलिले समकक्षी मेसङ्ग कुरा राक्गेको बुझिएको छ
भेटमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली,परराष्ट्र सचिव शंकरदास बैरागी, बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलगायत सहभागी थिए । यसअघि प्रधानमन्त्री ओलीले बेलायती राजकुमार प्रीन्स ह्यारीसँग पनि भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 9:20 pm