७५ लाख कित्ता शेयर नेप्सेमा मंगलबार सूचिकृत

काठमाडौं, जेठ २८ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा यूनियन हाइड्रोपावर लिमिटेडको कूल ७५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ । हाइड्रोको मंगलबार मात्रै सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

आज सूचिकृत भएको संस्थाको सेयर भोली (बुधबार)देखि दोस्रो बजारमा किनबेच गर्न पाइने व्यवस्था रहेको छ । त्यही अनुसार हाइड्रोको पनि अब भोलिदेखि नेप्सेमा सेयर कारोबार शुरु हुने भएको छ ।

जलविद्युत कम्पनीले चैत्र १३ गते देखि सर्वसाधारणको लागि ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 4:15 pm