आफ्नै छोरीलाई बलात्कार गरेको अरोपमा ललितपुरबाट उपसचिव पक्राउ

ललितपुर, जेठ २८ । आफ्नै छोरी बलात्कार आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन्। महोतरी घर भई हाल ललितपुर, धोविघाट बस्दै आएका उपसचिवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नारायण चिमौरियाले बताए । प्रहरीमा करणीको उजुरी पर्नसाथ उनी मन्त्रालयबाट निलम्बनमा परिसकेका छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको र अदालतमा म्याद थपको लागि लगिएको डिएपी चिमौरियाले बताए ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 3:44 pm