नेप्से सामान्य अंकले सुधार, यस्ता छन् सर्वा्धिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, जेठ २८ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक शून्य दशमलव १७ अंकले बढेर १ हजार २ सय ७५ दशमलव ९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शून्य दशमलव ४० अंकले घटेर २ सय ७२ दशलमव ८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८ सय ८५ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ८ लाख ७६ हजार ९ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ, जसको कारोबार ३ करोड ७८ लाख २४ हजार ५२७ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै एनआईसी एशिया बैंकको २ करोड ७४ लाख ५५ हजार ७४५ रुपैयाँ, कृषि विकास बैंकको २ करोड ५९ हजार ६७ हजार २९७ रुपैयाँ बराबर, नेपाल बैंकको २ करोड ४९ लाख ४२ हजार ८५५ रुपैयाँ, पभु बैंकको १ करोड ४५ लाख ४८ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन सर्वाधिक कमाउने कम्पनीको सूचिमा पाँचथर पावर कम्पनीका लगानीकर्ताहरु रहेको छ, जसको शेय मूल्य ९.५२ प्रतिशतले बढेको छ । त्यस्तै खानीखोला हाइड्रोपावर कम्पनीको ९.२३ प्रतिशत, सिनर्जी पावर डेभलपमेन्टको ७.६९प्रतिशत, माउण्टेन हाइड्रोको ७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस दिन सर्वाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभरपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६१ प्रतिशतले घटेको छ । त्यस्तै वल्ड मर्चेट बैकिङ एण्ड फाइनान्सको ५.०५ प्रतिशत, गुहेश्वरी मर्चेट बैंक एण्ड फाइनान्सको ४.४७ प्रतिशतले शेयरमूल्य गिरावट आएको छ ।

यसदिन कारोबारमा आएका १२ वटा समूह मध्ये ६ वटाको शेयर मूल्य बढेको छ भने बाँकी ६ वटाको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी टेड्रिङ समूहको ७.६९ अंकले बढेको छ भने निर्जिवन बीमा समूहको सबैभन्दा बढी ४८.३१ अंकले घटेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २८, २०७६ /Tuesday, June 11th, 2019, 3:26 pm