भारतीय क्रिकेटर युवराजले लिए क्रिकेटबाट सन्यास

एजेन्सी, जेठ २७ । भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । विश्वकप विजेता युवराजले सोमबार सन्यास घोषणा गरेका हुन् । ३७ बर्षीय युवराजले भारतबाट ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ टी-ट्वान्टी खेलेका खेलेका थिए ।

सन् २००३ मा डेब्यु गरेका युवराजले अन्तिम पटक भारतबाट सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीय खेलेका थिए । भारतले सन् २०११ को एकदिवसीय विश्वकप जित्दा युवराजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उक्त विश्वकपमा प्लेयर अफ दि टुर्नामेन्ट घोषित युवराजले ३६२ रन जोड्दा १५ विकेट लिएका थिए ।

सन्यु २००० देखि भारतीय क्रिकेट टीमका सदस्य रहेका युवराजले १९ सेप्टेम्बर २००७ का दिन दक्षिण अफ्रिकाको डरबनमा इङल्याण्डका बलर स्टुअर्ट बोर्डको ओभरका छ बलमा छ छक्काको कीर्तिमान बनाएका थिए ।

टि-ट्वेन्टी विश्वकपको त्यस खेलमा युवराजले १२ ओभरमा नै ५० रन पूरा गरेर सबैभन्दा कम बलमा अर्धशतक बनाउने रेकर्ड राखेका थिए । टि-ट्वेन्टी क्रिकेटमा यो रेकर्ड अझै कायम छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २७, २०७६ /Monday, June 10th, 2019, 4:20 pm