स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको बिज्ञापन रद्द

काठमाडौं जेठ २७ । संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।

समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबााबु पण्डितसँग सोमबार छलफल गरेलगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानले दिएको अधिकार अनुसार नै भएको दाबी गरेका थिए ।

लोकसेवा आयोगले गरेको विज्ञापनबारे छलफल गर्न संसद्को राज्य व्यवस्था समितिले बोलाएको बैठकमा मन्त्री पण्डितले मन्त्रालयको सिफारिस अनुसार नै बिज्ञापन गरिएको जानकारी दिएका थिए । तर, संसदीय बैठकले भने स्थानीय तहमा गरिएको बिज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

यसअघि दुई बैठकमा अनुपस्थित पण्डितले सोमबार उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको दाबी गरेका थिए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २७, २०७६ /Monday, June 10th, 2019, 11:28 am