नेकपाका प्रदेश सांसद सिंखडाले छोरीको जन्म दर्ता नै किर्ते बनाएको खुलासा

जगत खिखंडाले भाइको छोरी बनाए पनि आफ्नो फेसबुक प्रोफाइलमा भने सबै जनाको तस्वीर राखेका छन । दुःखद कुरा उनकी श्रीमतीको सडक दुर्घटनामा निधन भएको छ ।

स्थलगत अध्ययनपछि दैनिकीन्युज टीम
धादिङ, जेठ २५ । सत्तारुढ नेकपाका एकजना प्रदेश सांसदले आफ्नै छोरीलाई भाइको छोरी बनाई नागरिकता दिएको तथ्य दैनिकीन्यूजले फेला पारेको छ । धादिङ जिल्ला क्षेत्र नम्बर दुई ‘ख’का सांसद तथा ट्रेड युनियन महासंघ नेपालका सह–अध्यक्ष जगत सिंखडाले आफ्नै छोरी रोशनी सिंखडालाई भाइ धनबहादुर सिंखडाको छोरी बनाई नागरिकता दिलाएको पाईएको हो । यसबारेमा गृह मन्त्रालयमा समेत उजुरी परेको छ ।

जन्मदर्तादेखि नै सेटिङ
धादिङको आगिन्चोक–१ निवासी जगत सिंखडा र लक्ष्मी सिंखडाको कोखबाट जेठी छोरीको रुपमा रोशनीको जन्म भएको स्थानीयहरु बताउँछन् । असार ७ गते जन्मेकी हुनाले सबैले रोशनी जन्मेको मिति विर्सेका छैनन्, किनकी त्यसबेला छिमेकमा रोपाई भईरहेको थियो । तर, रोशनीको जन्म दर्ता गर्दा उनको आमाको नाम पम्फा सिंखडा राखिएको छ भने बुबाको नाम धनबहादुर सिंखडा राखिएको छ ।

२०५३ साल असार ७ गते जन्मेकी भनिएकी रोशनीको २०६६ साल माघ १३ गते धादिङको तत्कालीन आगिन्चोक गाविसमा जन्म दर्ता बनाइएको अभिलेख भेटिन्छ । जसमा हजुरबुबाको नाम मानबहादुर सिंखडा नै रहेको छ भने बुबा र आमाको नाममा काका काकीको नाम राखिएको छ । संविधान अनुसार यो अमान्य ठहर्ने व्यवस्था छ, किनकी धनबहादुरका धिरज, रंजित दुईजना छोरा र कुशुम एक जना छोरी रहेकी छिन् । आफ्ना सन्तान हुँदा हुँदै उनले दाइकी छोरीलाई आफ्नी बनाएर नागरिकता दिलाउनै नमिल्ने कानुनविद् बताउँछन् । धनबहादुरले जुन दिन रोशनीको जन्म दर्ता गरेका छन्, त्यैसैदिन आफ्नै तीनै जना छोराछोरीको पनि जन्म दर्ता गराएका छन् । जवकि जन्म दर्ता गराएकामा छोरा धिरज २०५७ मंसिर १९ गतेको, २०५७ कात्तिक ५ गतेको र छोरी कुशुम २०६२ जेठ ९ गते जन्मिएको अभिलेखमा देखिन्छ । यस्तो अबस्थामा दाइकी छोरीलाई किन आफ्नै छोरी बनाई उनले नागरिकता दिलाए ? यसको जवाफ उनले दिएका छैनन् ।

आफ्नै छोरीको जन्म दर्ता गर्न किन पन्छिए जगत ?
छोरी जन्मेको दुईवर्षपछि जगत तत्कालिन माओवादीले सुरु गरेको जनयुद्धमा लागेका थिए । यातायात मजदुर संगठनमा आवद्ध भएका उनी त्यसअघि पोखरामा बसेर ट्याक्सी चलाउने पेशा गर्दै आएका थिए । उनको जेठी छोरी हुन् रोशनी तर, आफ्नै छोरीको उनले जन्म दर्ता गरेनन्, जबकि जगत २०५४ सालदेखि मात्रै जनयुद्धमा लागेको माओवादीको रेकर्डमा देखिन्छ ।

रोचक कुरा त जगतले अन्य दुईजना छोराको भने आँफैले जन्म दर्ता गराएका छन् । यदि सन्तानको सुरक्षालाई ध्यान दिएका भए रोशनीलाई मात्रै किन भाईको सन्तान बनाए ? धादिङका स्थानीयले पटक पटक सोधिरहेको प्रश्न हो यो ।

तत्कालिन गाविस कार्यालयमा रहेको जन्मदर्ता किताबमा जगतले आफ्ना दुईजना मात्रै छोराको जन्म दर्ता गराएको देखिन्छ । माओवादी शान्ति प्रक्रियामा आएपछि जगतले २०६३ साल माघ १२ गते रञ्जित र रोशन सिंखडाको जन्म दर्ता गराएको देखिन्छ । तर, धनबहादुरले रोशनीको जन्म दर्ता भने २०६६ साल माघ १३ गते मात्रै गराएका छन् । यत्रो ग्याप किन राखियो ? पहिलो संविधानसभाको निर्वाचनबाट माओवादी सरकार बनेपछि मात्रै धनबहादुरले रोशनीको जन्म दर्ता गराउनुको कारण के होला ? जन्म दर्ता गरेको तीन वर्ष पछि रोशनीले २०६९ साल असार १० गते जिल्ला प्रशासन कार्यालय धादिङबाट नागरिकता बनाएको देखिन्छ । नागरिकतामा पनि उनले बुबाको नाम धनबहादुर नै राखेको देखिन्छ । यसबाट कानुनको खिल्ली उडाउदै जगतले नागरिकता जस्तो विषयमा मनमौजी गरेको देखिन्छ ।

यो पनि पढ्नुहोस

धादिङका प्रदेश सांसद सिंखडाले आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको पुष्टि

आफ्नै छोरीलाई किर्ते नागरिकता बनाएको प्रदेश सांसद सिंखडामाथि गम्भीर आरोप

एक नेताको खुलासा-‘नेकपालाई नवधनाढ्यले कब्जा गरे’

प्रकाशित मिति: शनिबार, जेष्ठ २५, २०७६ /Saturday, June 8th, 2019, 9:40 am