वरिष्ठतम् शिक्षकलाई प्रधानाध्यापक बनाउन निर्देशन (हेर्नुहोस पत्र)

ललितपुर, जेठ २४ । ललिलपुरको गोदावरी नगरपालिकाको शिक्षा समितिले वरिष्ठतम् शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिनुपर्ने निर्णय गरेको छ । नगर प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा यही जेठ ८ गते बसेको शिक्षा समितिको निर्णयले यस्तो व्यवस्था गरेको हो ।

शिक्षा नियमावली २०५९ को नियम ९३ (१२) मा उल्लेख गरे अनुसार वरिष्ठतम् शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्ने भनिए पनि यसअघि अधिकांश विद्यालयहरुमा माथिल्लो तहका शिक्षकले नेतृत्व पाएका थिएनन् ।

गोदावरी नगरपालिकाको शिक्षा समितिको यो निर्णयसँगै हाल कायम भएका केही श्रेणी वा तह नमिल्ने शिक्षकलाई कानुनी दबाव परेको छ । जेठ ८ गते गरेको निर्णय सँगै सोही दिन सम्पुर्ण विद्यालयमा पत्राचार समेत गरिएको थियो । गोदावरी नगरपालिकाको शिक्षा समिति नगरपालिकाभित्रका ४७ वटै सामुदायिक विद्यालयहरुलाई पत्रचार गरिसकेको जनाएको छ ।

अब योसँगै गोदावरीका सामुदायिक विद्यालयहरुमा माथिल्लो तहको शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी पाउने छन् ।

हेर्नुहोस पत्र

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २४, २०७६ /Friday, June 7th, 2019, 5:48 pm