मेडिकल कलेजको शुल्क बढाउन दबाब

काठमाडौं, जेठ २३ । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क असुल्दै आएको स्वीकारेका छन्। प्रतिनिभिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा छानबिनका लागि गठित उपसमितिले बुधबार डोकेको छलफलमा उनीहरूल शुल्क बढाउन माग गरे।

कान्तिपुर दैनिमा समाचार छ, जवाफमा सांसदहरूले तोकेभन्दा बढी रकम उठाउनेको सम्बन्धन खारेज गर्न सरकारलाई निर्देशन दिने चेतावनी दिए। विश्वविद्यालय र मेडिकल कलेजहरूको छाता संगठनकै निर्णयमा बढी शुल्क लिने गरिएको सञ्चालकहरूको भनाइ छ।

काठमाडौं विश्वविद्यालयको निर्णयअनुसार सरकारले निर्धारण गरेभन्दा बढी उठाएको उक्त विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरूले बताए। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएकाहरूले भने मेडिकल तथा डेन्टल कलेज एसोसिएसनको निर्णयअनुसार बढी शुल्क लिएको स्वीकार गरे।

उनीहरूका कुरा सुनेपछि सांसद योगेश भट्टराईले तोकिएको भन्दा बढी लिएको रकम फिर्ता हुनुपर्ने बताए। सरकारले एमबीबएिस अध्ययनका लागि उपत्यकाबाहिर ४२ लाख ४५ हजार र उपत्यकाभित्र ३८ लाख ५० हजार रुपैयाँ तोकेको छ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २३, २०७६ /Thursday, June 6th, 2019, 7:01 am