दोस्रो ३ नं. प्रदेश उपराष्ट्रपति चिल्ड्रेन कप कराते प्रतियोगिता सम्पन्न

ललितपुर, जेठ १२ । राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको दोस्रो ३ नम्बर प्रदेश उपराष्ट्रपति चिल्ड्रेन कप कराते प्रतियोगिता ललितपुर जिल्ला लगनखेल डोजोमा आइतबार सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा पुरुष र महिला गरि ७२ जना खेलाडीहरुले सहभागीता जनाएका थिए। प्रतियोगिताको पुरुष ३० केजी तौल समुहमा भक्तपुरका राज भुलन प्रथम काठमाडौका दिपेश तामाङ द्वितीय नुवाकोटका सुजन लामा र सिन्धुपाल्चोकका आगमन दुलाल तृतीय भएका थिए।

त्यस्तै ३५ केजीमा काठमाडौका सहिल घले प्रथम भक्तपुरका अभिषेक तामाङ, द्वितीय मकवानपुरका सुन्दर तामाङ र सिन्धुपाल्चोकका लक्ष्य तामाङ तृतीय भएका थिए।

४० केजीमा धार्दिङ्का मनोज श्रेष्ठ प्रथम, काठमाडौका नबराज पुरी द्वितीय र ललितपुरका बिशाल डंगोल, रामेछापका अंकित सुवेदी तृतीय भएका थिए।

पुरुष कातातर्फ धार्दिङ्का मनोज श्रेष्ठ प्रथम काठमाडौका साहिल घले द्वितीय र भक्तपुरका राज भुलोन तृतीय भएका थिए। महिला ३० केजि समुहमा काठमाडौकी अन्जिला राई प्रथम, नुवाकोटकि पुजा लामा द्वितीय, ललितपुरकी डोल्मा प्राख्रीन र भक्तपुरकि किरण पाण्डे तृतीय भएका थिए ।

३४ केजीमा काठमाडौकी दिब्या गुरुङ प्रथम, भक्तपुरकी शिरुषा भुजु द्वितीय, नुवाकोटकि प्रास्ना पंडित र मकवानपुरकि स्नेहा पराजुली तृतीय, ३८ केजीमा काठमाडौकि अञ्जली महर्जन प्रथम भक्तपुरकस् राशिका राई द्वितीय, सिन्धुपाल्चोककि प्रमिला र चितवनकी ममता गुरुङ तृतीय भएका थिए।

महिला काता तर्फ काठमाडौकी अञ्जली महर्जन प्रथम, काठमाडौकी अन्जिला राई द्वितीय, काठमाडौकी दिब्य गुरुङ तृतीय भएका थिए ।

बिजय खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष, करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीन कृष्ण महर्जन मेडल प्रमाणपत्र बितरण गरेका थिए।

उक्त प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदले निर्बाह गर्नु पर्ने सम्पुर्ण रेफ्रीहरु खेलाडीहरु टिमकोचहरु ब्यबस्थापकहरुलाई बिहानको ब्रेकफास्ट लन्च र दिउसोको खाजाको ब्यबस्थापन गर्नुपर्ने भुमिका लगनखेल डोजो परिवारले गरेका थिए ।

प्रतियोगितामा कराते प्रमुख प्रशिक्षक शोभित प्रसाईले गुटबन्दी र लथालिङ्ग भताभुङग अबस्थामा रहेको कराते महासंघलाई जोगाउन र दुई चिरामा रहेको कराते महासंघलाई एउटै बनाउने अहम भुमिका निभएकोमा प्रमुख प्रशिक्षक प्रसाईको खेलाडी प्रशिक्षक र रेफ्रीहरुले प्रशंसा गरेका थिए।

लगनखेल डोजोका सचिव तथा सोही डोजोका प्रशिक्षक किक बक्सिङ पुर्ब राष्ट्रिय च्याम्पियन बिनोद महर्जले खेलाडीहरुलाई सहयोग गर्ने अवसर दिनु भएकोमा आयोजक कमिटीलाई धन्यवाद ब्यक्त गरेका थिए।

प्रकाशित मिति: आइतवार, जेष्ठ १२, २०७६ /Sunday, May 26th, 2019, 9:28 pm