नेप्से बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ, जेठ ७ । साताको चौथो दिन बुधबार पनि नेप्सेमा वृद्धि भएको छ । बुधबार नेप्से ७ दशमलव ४९ अंकले बढेर १ हजार ३ सय १९ दशमलव ६३ अंकमा पुगेको छ । अघिल्लो दिन मंगलबार पनि नेप्से ४ दशमलव ४२ अंकले बढेको थियो ।

त्यस्तै गरी यस दिन ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ३५ अंकले बढेर २ सय ८१ दशलमव २७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर खरिदबिक्री भई ९६ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार १ सय ७३ कम्पनीको ३१ लाख २ हजार २८४ कित्ता शेयर खरिदबिक्री भई ८१ करोड ४४ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस दिन ११ वटा उपपरिसुचकहरुमा उत्पादक तथा प्रशोधन समूह र म्युचल फण्डका समूह घटेका छन् भने बाँकी सबै समूह बढेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार ६ करोड ९६ लाख २८ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । यस दिन अपर तामाकोशीको लगानार्ताले ९.७१ प्रतिशतले कमाएका छन् भने अरुण काबेली हाइड्रोपावर, हिमालयन पावर पार्टनर लागायतका कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

साथै सर्बाधिक गुमाउनेमा घलेम्दी हाइड्रोका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा आज ९ दशमलव ४८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 4:07 pm