बलात्कारको अभियोगमा एक युवक पक्राउ

कैलाली, जेठ ८ । लम्की चुहा नगरपालिका–५ चौरी बस्ने १४ वर्षीया बालिकालाई बलात्कारको अभियोगमा सोही स्थान बस्ने २१ वर्षीय टंके दमाईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती बालिकालाई गत जेठ ४ गते बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले दमाईलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 2:02 pm