बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं, जेठ ८ । साताको चौथो दिन बुधबार सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार प्रति तोलामा सुन १ सयले घटेको छ ।

मंगलबार सुन प्रति तोला ५९ हजार ५ सय रुपैयामा कारोबार भएको थियो । तर आज (बुधबार) सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा घटेको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ५९ हजार १ सय रुपैँयामा घटेको भएको छ । ।

बुधबार नेपाली बजारमा चाँदीको मुल्य स्थिर रहेको छ । गत सोमबारदेखि चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भैरहेको थियो । आज (बुधबार) पनि चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ /Wednesday, May 22nd, 2019, 10:52 am