मंगलबार नेप्सेमा ९९ लाख कित्ता शेयर सूचिकृत

काठमाडौं, जेठ ७ । मंगलबार हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपीओ) ९९ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । अब कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

कम्पनीको शेयर प्रतिकित्ता ९८ रुपैयाँदेखि २९५ रुपैयाँसम्मको रेञ्जमा बुधबारदेखि कारोबार खुला हुनेछ । नेप्सेले कम्पनीको कारोबार खुला गर्दा प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको अधिकतम रेञ्ज प्रदान गर्ने गरेको छ।

हिमालय ऊर्जाले चैत २० देखि २५ गतेसम्म जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको आईपिओ जारी गरि गत वैशाख ३ गते बाँडफाँड गरेको थियो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ७, २०७६ /Tuesday, May 21st, 2019, 4:53 pm