मंगलबार डलरको भाउ घट्यो

काठमाडौं, जेठ ७ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२४ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ८५ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रिदर १४२ रुपैयाँ ५८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ ६४ पैसा र बिक्रिदर ३६७ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ७, २०७६ /Tuesday, May 21st, 2019, 12:38 pm