पुरानो राष्ट्रिय गान श्रीमान् गम्भिर नेपाली” बजाउँदा प्रक्राउ परेकाहरु बिना सर्त रिहा

काठमाडौ., जेठ ७ । सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान “श्रीमान् गम्भिर नेपाली” बजाएको आरोपमा केही दिन अघि २ जना प्रक्राउ परेका थिए । बैशाख २८ गते बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा “श्रीमान गम्भिर नेपाली” बजाइएको आरोपमा शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले प्रक्राउ गरेको थियो ।

चौतर्फी दबाब बढेपछि उनीहरु सोमबार साँझ रिहा भएका छन् । उनीहरुलाई बिना सर्त रिहा गरिएको हो । उनीहरुलाई प्रहरीले “श्रीमान् गम्भिर नेपाली” बजाएको र गणतन्त्र मुर्दाबादको नारा लगाएको भन्दै प्रक्राउ गरिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ७, २०७६ /Tuesday, May 21st, 2019, 12:10 pm