स्काउटमा विद्यार्थीको आकर्षण बढ्दै (फोटोफिचरसहित)

ललितपुर, जेठ ७ । ललितपुर हाडेगाउँस्थित ज्वालादेवी विद्या मन्दिर स्कुलले आयोजना गरेको नेपाल स्काउट दीक्षन्त समारोह सोमबार सम्पन्न भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका सहायक राष्ट्रिय प्रशिक्षक तथा जिल्ला स्काउट कार्यलय का भुपु सगठंन आयुक्त जगदिश्वर श्रेष्ठले विद्यालयका २३ विद्यार्थीलाई दीक्षा दिएका थिए ।

वि.सं २०७९ सालमा विद्यालयमा स्थापित ज्वालादेवी स्काउट दलले विद्यार्थीलाई ब्यावहारिक र नैतिक ज्ञान दिदै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका स्काउट कार्यक्रममा विद्यार्थीलाई सहभागिता गराउदै आएको स्काउट शिक्षक दिपक अर्यालले जानकारी दिए ।

कार्यक्रममा विद्यालयका प्राधानध्यापक तथा ललितपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष बिष्णु बस्नेतले स्काउटीङ शिक्षाले विद्यार्थीलाई अनुशासीत बनाउनुका साथै समाजप्रति उत्तरदायी बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै स्काउटिङ शिक्षा सम्पुर्ण विद्यालयमा अनिवार्य गरिनुपर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला स्काउटका शिक्षक निमा तामाङ, कनैया श्रेष्ठ , विद्यालयका शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ७, २०७६ /Tuesday, May 21st, 2019, 11:21 am