सुनचांदी किन्दै हुनु हुन्छ ? यस्तो छ मंगलबारको मूल्य

काठमाडौं, जेठ ७ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा २ सय रुपैयाले घटेर प्रति तोला ६० हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि तोलामा ५ सय रुपैयाले घटेर प्रति तोला ५९ हजार ५ सय रुपैयामा कारोबार भएको थियो । आज मंगलबार पनि सुनप्रति तोला ५९ हजार ५ सय रुपैयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य आज ५९ हजार २ सय रुपैँयामा कारोबार हुने छ ।

मंगलबार नेपाली बजारमा चाँदीको मुल्य पनि स्थिर रहेको छ । गत शुक्रबार तोलाको ७ सय १५ रुपैयामा कारोबार भएको चांदी आइतबार ५ रुपैयाले घटेर प्रति तोला ७ सय १० रुपैयामा कारोबार भएको थियो । त्यस्तै सोमबार पनि तोलामा मा ५ रुपैयाले घटेर प्रति तोला ७०५ रुपैयामा कारोबार भएको थियो भने आज मंगलबार पनि सोहि मुल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
———

दैनिकी न्युजको Youtube बाट

यसरि गर्नुहोस नेपाल टेलिकमको सिमबाट ९५% सस्तोमा कल

प्रकाशित मिति: मङ्लबार, जेष्ठ ७, २०७६ /Tuesday, May 21st, 2019, 11:06 am