प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर फेसबुकमा लेख्ने एक युवा पक्राउ

काठमाडौं, जेठ ६ । ५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले फेसबुकको दुरुपयोग प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका–२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाई नामक फेसबुक आइडीबाट उनले कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ । उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ६, २०७६ /Monday, May 20th, 2019, 7:23 pm