राजपाका दुई केन्द्रीय सदस्य कारागार चलान

राजविराज, जेठ ६ । कीर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सप्तरी जिल्ला अदालतमा सोमबार भएको मुद्दा सुनुवाइका क्रममा राजपाका केन्द्रिय सदस्य बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो । बैशाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्व सासंद समेत हुन् ।

उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए । राजगढ गाउँपालिका–३ नर्घो निवासी अर्का केन्द्रिय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन् ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ६, २०७६ /Monday, May 20th, 2019, 5:48 pm