सवा दुई अर्बको आईपीओ आउँदै

काठमाडौं, जेठ ६ । बजारमा २ अर्ब २४ करोड ३३ लाख रुपेयाँ बराबरको साधारण सेयर ९आईपीओ० आउने भएको छ। चालू आर्थिक वर्षभित्र दुई करोड २४ लाख ३३ हजार ६६५ कित्ता साधारण सेयर निष्कासन गर्न १६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

आवेदन दिएका कम्पनीमध्ये दुईवटा साधारण सेयर निष्कासनका लागि स्वीकृत पाइसकेका छन् भने १४ कम्पनी पाइपलाइनमा छन्। स्वीकृत पाइसकेका कम्पनीले दुई महिनाभित्र साधारण सेयर निष्कासन गरिसक्नुपर्नेछ। पाइपलाइनमा रहेकाले भने बार्डको स्वीकृतिपछि मात्र सेयर निष्कासन गर्न पाउनेछन्।

साधारण सेयर निष्कासनका लागि स्वीकृति पाएका दुई कम्पनीमध्ये इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आइतबार सर्वसाधारणका लागि ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर जारी गर्दै छ। कम्पनीको जेठ १३ गतेदेखि ६ लाख २९ हजार ९३० कित्ता सेयर निष्कासन हुँदै छ। लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेछन्।

यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि ७८ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्दै छ। धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २५ गते सेयर निष्कासन गर्ने अनुमति दिएको हो। कम्पनीले जेठको अन्तिम सातासम्म सेयर निष्कासन गर्ने तयारीमा छ।

धितोपत्र बोर्डमा एक अर्ब ४५ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासनका लागि आवेदन परेको छ।

एक करोड ४५ लाख ६६ हजार २६५ कित्ता आईपीओ निष्कासन गर्न १४ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। सेयर निष्कासनको अनुमति माग्नेमा ९ जलविद्युत् कम्पनी, तीन माइक्रोफाइनान्स र एकरएक मर्चेन्ट र इन्भेस्टमेन्ट कम्पनी छन्।

ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले ३४ लाख ९६ हजार चार सय कित्ता सेयर, लिबर्टी इनर्जी कम्पनीले ३७ लाख ५० हजार लाख कित्ता सेयर र शुभम पावरले पाँच लाख ८० हजार ५८० कित्ता सेयर निष्कासका लागि बोर्डसँग अनुमति मागेको छ।

यस्तै, घोडिघोडा लघुवित्त वित्तीय संस्था एक लाख ३२ हजार ६०० कित्ता सेयर, शिव श्री हाइड्रोपार ३३ लाख ५१ हजार १४० कित्ता सेयर र सबैको लघुवित्त वित्तीय संस्था पाँच लाख ३० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति माग गरेको छ। बोर्डसँग आँधीखोला लघुवित्त वित्तीय संस्था चार लाख कित्ता सेयर, सीबीआईएल क्यापिटल तीन लाख कित्ता सेयर, माउँली खोला जलविद्युत् कम्पनी सात लाख ३६ हजार २८६ कित्ता सेयर र रुरु जलविद्युत् परियोजना चार लाख सात हजार ७०५ कित्ता सेयरका लागि अनुमति माग गरेका छन्।

साथै माउन्टेन इनर्जी नेपाल ३९ लाख ३६ हजार ५४ कित्ता सेयर, गर्जाङ उपत्यका हाइड्रोपावर दुई लाख कित्ता सेयर, लाफिङ बुद्ध पावर नेपाल नौ लाख ७८ हजार कित्ता सेयर र सीईडीबी हाइड्रो फन्डले २२ लाख ८९ हजार ३०० कित्ता सयेर निष्कासनका लागि अनुमति मागेका छन्। अन्नपूर्ण पोष्टबाट

प्रकाशित मिति: सोमवार, जेष्ठ ६, २०७६ /Monday, May 20th, 2019, 5:44 am