आज हुनेभनिएको शैक्षिक हड्तालबारे अनेरास्ववियू (क्रान्तिकारी) ले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँ, जेठ ५ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी (नेकपा) निकट अखिल (क्रान्तिकारी) ले आज (जेठ ५ गते) आह्वान गरेको आमशैक्षिक फिर्ता लिएको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन९क्रान्तिकारी० ले संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको रिहाइको माग गर्दै आह्वान गरेको बन्द फिर्ता लिएको हो।

ढकाललाई ८ दिन हिरासतमा राखेर रिहा गरिएपछि क्रान्तिकारीले बन्द फिर्ता गरेको हो। संगठनका सचिवालय सदस्य पुष्प न्यौपाने, पदम पोख्रेल, केन्द्रीय सदस्य मदन चन्द, अटल पाण्डे, पेम शाही लगायत दर्जनौं नेताहरु हिरासतमा रहेको उल्लेख गर्दै विज्ञप्ति मार्फत गिरप्तार सवैको १ हप्ता भित्र रिहा गर्न पनि माग गरेको छ।

यस्तै गिरप्तार गरिएकाहरुलाई रिहा नगरिए अनेरास्ववियू (क्रान्तिकारी) ले कडा संघर्षमा उत्रने पनि चेतवानी दिएको छ। बन्द फिर्ता बारे विज्ञप्तिमा यसो लेखिएको छ ।

नेपालमा जनताको बैज्ञानिक समाजवादी राज्य व्यबस्वा र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनमाको निम्ति अनबरत संघर्षरत हाम्रो सगठनका केन्द्रीय अध्यक्ष क चिरन्जीवी ढकाललाई बैशाख २७ गने केपी पिके सामाजिक दलालल फांसिवादी सरकारले गैहन्यायीक रूपमा गिरफ्तार गरेको थियो । देशैभरी हाम्रो संगठनको आह्वानमा लाखौं विद्यार्थीहरुले गरको संघर्षको बलमा दलाल सरकार उहाँलाई जेठ ३ गते ८ दिन हिरासतमा राखेर रिहा गर्ने वाध्य भएको छ । अध्यक्ष कमरेडको रिहाइफो निम्ति संघ गर्ने बिभिन्न विद्यार्थी सगठनहरू, नेपाल वार एसोसियसन, ललितपुर वार, पत्रकार, वुद्धिजीवी, मानवअधिकारवादी लगायत सबैलाई हाम्रो सगठन हादिंक धन्यवाद ज्ञापन गर्दछ । साथै उहाँको रिहाईको लागि आज (जेठ ५ गते) को लागि घोषणा गरिएको शैक्षिक आम हडताल लगायतका कार्यक्रम फिर्ता गरिएको घोषणा गर्दछौ ।

प्रकाशित मिति: आइतवार, जेष्ठ ५, २०७६ /Sunday, May 19th, 2019, 5:51 am