पेट्रोलियम पदार्थको मूल्य घट्यो कुनको कति ?

काठमाडौं, जेठ ३ । नेपाल आयल निगमबाट पेट्रोल,डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेबाट लागु हुने गरी तीन इन्धनको मुल्य घटाएको हो ।

नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपै‌याँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपै‌याँ घटाइएको छ। हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको छ।

मूल्य घटेपछि प्रति लिटर पेट्रोल १ सय ८ दशमलव ५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 8:40 pm