६ दिनमा ६ पटक यौन सम्पर्क राख्नु : अलिबाबा

अलिबाबाका संस्थापक ज्याक माले आफ्ना कर्मचारीहरुलाई६ दिनमा ६ पटक यौनसम्पर्क राख्न सुझाब दिएका छन् ।

ज्याकले यस अघि पनि हप्ताको छ दिन बिहान ९ देखि राति ९ बजेसम्म काम गर्न सुझाब दिएका थिए र त्यसपछि उनि बिबादित पनि बनेका थिए । यसअघि नै विवादमा आइसकेका अलिबाबा संस्थापक ज्याक माले फेरी यस्तो नयाँ सुझाव ल्याएका छन ।

चीनका यी सबैभन्दा धनी व्यक्तिले आफ्ना कर्मचारीहरुको सामूहिक विवाहोत्सवमा काममा ९९६ र जीवनमा ६६९ को दर्शन अवलम्बन गर्न आग्रह गरेका हुन्।

ज्याकको यस्तो सुझाब पछी एक कर्मचारीले आक्रोश व्यक्त गर्दै लेखेका छन् ” हप्ताको ६ दिन ९ बजे बिहानदेखि ९ बजे रातिसम्म काम गरेपछि कोसँग चाहिँ हप्ताको छ दिन छ पटक यौनसम्पर्क राख्न बल हुन्छ?’

सामाजिक सञ्जालमा अहिले उनका यी दुवै सूत्रहरुको व्यापक आलोचना भइरहेको छ । ६६९ सम्बन्धी कोट अलिबाबाको आधिकारिक पृष्ठ बेइबोमा आँखा झिम्क्याएको इमोजीसहित पोस्ट गरिएको आइएनएसले उल्लेख गरेको छ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 5:51 pm