ललितपुरको चारघरेमा मिनी ट्रक दुर्घटना, १६ जना घाइते

ललितपुर, जेठ ३ । ललितपुरको चारघरेमा आज दिउसो मिनीट्रक दुर्घटना भएको छ । दिउसो करिब ४ः२० बजे को १ ख ४९४२ नं. को मिनिट्रक दुर्घटना भएको महानरिय वृत्त चापागाउँका डिएसपी राजुकमार खिउजूले बताए । उनका अनुसार मालबालक मिनीट्रकको माथि १६ जना सवार थिए ।

१६ जना सवार यात्रु मध्ये १३ जनाको आनन्द वन हस्पिटलमा उपचार भैरहेको छ । ३ जनाको अवस्था चिन्ताजनक भएकोले ललितपुरको ग्वार्को स्थित वि एण्ड वि हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

मिनट्रक चापागाउँबाट भारदेउ सामान लगेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 5:31 pm