एनएमबि र ओम डेभलपमेण्ट बैंकको कारोबार रोक्का

काठमाडौं, जेठ ३ । एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंकको मर्जर प्रक्रियाको लागि जेठ २ गते सम्झौता पत्रमा हस्ताक्षर भएसँगै नेप्सेमा कारोबार रोक्का भएको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गाभ्ने र गाभिने विनियमावली बमोजिम दुवै कम्पनीको शेयर कारोबार जेठ ३ गतेदेखि रोक्का भएको हो ।

ओम डेभलपमेण्टको शेयर कारोबार प्राइम बैंकसँग मर्जरमा जानको लागि पहिलेदेखि नै रोक्का रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 5:11 pm