विप्लव नेतृत्वको नेकपाद्वारा जेष्ठ ६ गते बन्दको आव्हान (विज्ञप्तिसहित)

धादिङ जेष्ठ ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धादिङले विज्ञप्ती जारी गर्दै आगामी जेष्ठ ६ गते धादिङ बन्दको घोषणा गरेको छ ।

जिल्ला सेक्रेटरी बुद्धद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– हाम्रो पार्टीका महासचिवद्वारा हस्ताक्षरित यस अघिको बिज्ञप्ति अनुसार केपी ओलि सहभागी हुने देशका विभिन्न भागका जिल्ला बन्दको आयोजना गर्ने कार्यक्रम अनुसार यही जेष्ठ ६ गते धादिङको गल्छी बैरेनीमा केपी ओलि आउने जानकारी प्राप्त भएकोको बन्द गरिएको हो ।

बैरेनीमा केपी ओलि लगायतका उपस्थित हुने कार्यक्रमको आयोजना गरिएको हुँदा धादिङबन्द गरिएको र सो कार्यक्रम तत्काल स्थगित गर्न आयोजकलाई अपिल समेत विज्ञप्ती मार्फत सेक्रेटरी बुद्धले गरेका छन् ।

हेर्नुहोस विज्ञप्ती

————————

दैनिकी न्युजको Youtube बाट

यसरि गर्नुहोस नेपाल टेलिकमको सिमबाट ९५% सस्तोमा कल

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 4:55 pm