गणपति लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत

काठमाडौं, जेठ ३ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख ३५ हजार कित्ता साधारण शेयर (आईपीओ)सूचिकृत भएको छ ।

अब यो शेयर स्टकमा सूचिकृतसँगै दोस्रो बजारमा लगानीकर्ताहरुले कारोबार गर्न सक्नेछन् । लघुवित्त कम्पनीले बैशाख ९ गतेदेखि वैशाख १२ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।

गणपतिको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी रु.१० करोड र चुक्ता पूँजी रु.७ करोड रहेको छ, भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु. १० करोड भएको छ ।

२०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् १० हजार ४२८ विपन्न वर्गका समूहहरुलाई रु। ५६ करोड कर्जा प्रवाह गरेको छ ।

गणपतिले निष्काशन गरेको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सिआश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 4:03 pm