सुन्धारामा ट्याङकरको ठक्करबाट एकको मृत्यू

काठमाडौं, जेठ ३ । काठमाडौँको सुन्धारामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक युवतीको ट्रकले ठक्करबाट शुक्रवार बिहान मृत्यु भएको हो।

ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते छन् । घाइते केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 3:46 pm