धादिङलाइ केन्द्र बनाएर ५ रेक्टरको भूकम्प

काठमाडौं, जेठ ३ । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर आज शुक्रबार भूकम्प गएको छ । शुक्रबार २ बजेर ८ मिनेटमा जादा भूकम्प गएको थियो । ५ रेक्टर स्केलको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।

यो २०७२ वैशाखको गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 2:54 pm