शुक्रबार ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं, जेठ ३ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ। मंगलबार, नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाले बढेको थियो । मंगलबार नेपाली बजारमा छापावाल सुन प्रति तोला रु ६१ हजार मा कारोबार भएको थियो । बुधबार छापावाल सुन तोलमा ४ यस रुपैया प्रति तोला घटेर ६० हजार ६ यस मूल्यमा कारोबार भईरहेको थियो । बिहीबार भने छापावाल सुन प्रति तोलामा १ सय रुपैयाँले बढेर प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो तर आज शुक्रबार भने तोलामा ५०० रुपैयाले घटेर प्रति तोला ६० हजार २ सय रुपैयामा करोबार भइरहेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य आज ५९ हजार ९ सय रुपैँयामा कारोबार भैरहेको छ ।

नेपाली बजारमा चाँदीको मुल्य भने बैशाख २६ गतेदेखि स्थिर रहेकोमा मंगलबार प्रति तोला ५ रुपैया बढेको थियो र बुधबार र बिहीबारपनि चाँदी प्रति तोला रु ७ सय २५ मा कारोबार भएकोमा शुक्रबार भने तोलामा १० रुपैयाले घटेर प्रति तोला ७ सय १५ रुपैयामा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 11:36 am