एक नेताको खुलासा-‘नेकपालाई नवधनाढ्यले कब्जा गरे’

काठमाडौ, जेठ ३ ।
पार्टी भित्रका बिचौलिया र नवधनाध्य वर्गका विरूद्ध लडौं ! नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता लेखनाथ न्यौपानेले सामाजिक संजालमा लेखेको स्टाटस हो यो ।  नेकपाले जनवर्गीय सङ्गठनको एकता टुंगो लगाएको भोलिपल्ट न्यौपानेको उक्त स्टाटस आएको हो । उनले लेखेका छन -‘आफ्नो वर्ग छोडेको संगठनको जुनसुकै पद पाए पनि के अर्थ भयो र ? नेकपा श्रमिक सर्वहाराहरूको पार्टी बन्यो कि बनेन ? भन्ने मुख्य प्रश्न हो !’ उनको भनाइका आधारमा अहिले नेकपामा नवधनाड्यहरुको हालीमुहाली छ । पद उनिहरुले पाएका छन । निष्ठा र आदर्शको राजनीति गर्ने कर्नरमा पारिएका छन । सोही कारण जिल्ला, प्रदेश र अहिले जनवर्गीय नेतृत्वको टुङ्गो लगाउदा नेकपा कम्युनिस्ट पार्टी नभइ दलाल र बिचौलियाको संरक्षण गर्ने पार्टी बनेको भन्ने न्यौपानेको विश्लेषणमा कतिको सत्यता होला समयले देखाउला तर केही उदाहरण भने पक्कै त्यस्तै देखिन्छ ।

कसैलाई पद छैन, कसैलाई पदैपद

पैसाको शक्ति  कति हुन्छ भन्ने कुराको उदाहरण बनेका छन जगतबहादुर सिम्खडा । धादिङका प्रदेश साम्सद उनी अहिले ट्रेड युनियन महासंघ नेपालको सह-अध्यक्ष बनेका छन ।आफुभन्दा सिनियर नेतालाई पछि पारेर उनी कसरी सबैभन्दा ठूलो मजदुर सङ्गठनको सह-अध्यक्ष बने ? युवा नेता लेखनाथ न्यौपानेले भनेजस्तै नवधनाढ्य भएकै कारण उनले उक्त अवसर पाएका हुन ? उनलाई लाग्ने आरोप भनेको अहिले उनी करोडौंको मालिक छन । एउटा गजबको गाडि, काठमाडौ, धादिङ लगायतमा जग्गा करोडौं मुल्यको घर र नेकपाका ठुलै नेतासङ्ग उठबस छ । प्रदेश सभामा बेला बेलामा जनताको कुरा पनि उठाउछन तर उनले उठाउने कुरामा ठेकेदारसङ्ग मिलेमतो गर्न सकिने स्वार्थ लुकेको हुन्छ भन्ने आरोप लगाउने पनि छन । प्रदेश सभा चुनाव जितेपछी उनको दैनिकीमा झन परिवर्तन आएको छ ।

सिम्खडा उतिबेलाको नेकपा माओवादी निकट यातायात मजदुर सङ्गठनका नेता हुन । त्यहिबाट उनले उक्त सम्पत्ति जोडेका हुन कि होइनन ? जिज्ञासाको सहज जवाफ पाइदैन । उनको एउटि छोरी अहिले जापानमा राम्रै काम गर्छिन । तर किर्ते नागरिकता बनाइ छोरीलाई जापान पठाएको भन्दै स्थानीयहरुले सिम्खडाको आलोचना गर्ने गरेका छन । उनकी छोरी रोशनी सिम्खडा केहिवर्षदेखी जापानमा राम्रै कम्पनीमा काम गरिरहेकि छिन तर रोशनीलाई जापान पठाउन भने सिम्खडाले आफ्नै भाइको छोरी बनाइ नागरिकता र पासपोर्ट बनाएको स्थानीयले आरोप लगाएका हुन । दैनिकीन्युजले फेला पारेको पत्रमा पनि यस्तो देखिन्छ ।

हेर्नुस

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 11:25 am