समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

काठमाठौं, जेठ ३ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो ।

यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 8:49 am