बजेटबिनै चल्छन् स्थानीय तह

काठमाडौं, जेठ ३ । केन्द्र सरकारले नयाँ बजेटको तयारी गरिरहेको छ। १५ जेठमा केन्द्रले बजेट सार्वजनिक गर्नुपर्छ। स्थानीय तहले असार १० सम्ममा बजेट पेस गरिसक्नुपर्छ। तर ४२ तहले बजेट पास नगरी कनै खर्च गरिरहेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सप्तरीका चार, सिराहका सात, धनुषाका आठ, महोत्तरीका सात, सर्लाहीका चार तथा रौतहटका १२ सहित ४२ स्थानीय तह बजेट पास नगरी चलेका हुन्।

बजेट पास नगरी खर्च गर्न तथा राजश्व दर निर्धारण गर्न कानुतः पाईदैन। तर ती तहले राजश्व उठाउनुका साथै बजेट खर्च गरिरहेका छन्। असार मसान्तभित्रै नगर र गाउँसभाबाट बजेट पारित गर्नुपर्छ। बजेट बिनै खर्च गर्ने चलनले आर्थिक अनुशासन ध्वस्त भएको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 6:25 am