नेकपा घोषणाको एक वर्ष जनवर्गीय सङ्गठनको नेतृत्व टुङ्ग्यायो

काठमाडौँ, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनवर्गीय सङ्गठनको नेतृत्वको टुङ्गो लगाएको छ । युवा सङ्गठनबाहेक सबै सङ्गठनमा नेतृत्वको टुङ्गो लागेको सचिवालयका सदस्यहरुले बताउनुभएको छ ।

बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालयको बैठकले जनवर्गीय सङ्गठनका करिब सबै नेतृत्वको टुङ्गो लगाएको हो । पार्टी एकता घोषणा भएको एक वर्ष पुग्नु एकदिन अघि नेकपाले जनवर्गीय सङ्गठन नेतृत्वको टुङ्गो लगाएको महासचिव विष्णु पौडेलले बताउनुभयो । सो निर्णय शुक्रबार हुने मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा हुने विशेष कार्यक्रममा औपचारिक रुपले सार्वजनिक गरिने छ ।

सचिवालयका एक सदस्यका अनुसार नेकपाका २२ जनवर्गीय सङ्गठनको नेतृत्वको नाम शुक्रबार सार्वजनिक हुनेछ । नेतृत्वमा तत्कालीन एमाले र माओवादी केन्द्रको भागवण्डामा टुङ्ग्याइएको छ । टुङ्गो लागेका जनवर्गीय सङ्गठनमध्ये विद्यार्थी सङ्गठनको संयोजकमा ऐन महर, सहसंयोजकमा रन्जित तामाङलाई जिम्मेवारी दिइएको छ । महर तत्कालीन एमालेबाट र रन्जित माओवादीबाट चयन हुनुभएको हो ।

त्यस्तै, महिलामा संयोजक अमृता थापा र सहसंयोजकमा सीता पौडेलले जिम्मेवारी पाउनुभएको छ । थापा तत्कालीन माओवादीबाट र पौडेल एमालेबाट छनोटमा पर्नुभएको हो । सोहीअनुसार मजदुर सङ्गठनमा संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडाले जिम्मेवारी पाउनुभएको छ । श्रेष्ठ तत्कालीन एमाले र सिम्खडा माओवादीबाट चयन हुनुभएको हो । अउल यााष्अभ

पार्टी सचिवालयले दिएको जानकारीअनुसार प्रेस सङ्गठनमा संयोजक महेश्वर दाहाल र सहसंयोजकमा गणेश बस्नेतलाई जिम्मेवारी दिइएको छ । दाहाल तत्कालीन माओवादीबाट र बस्नेत एमालेबाट चयन हुनुभएको हो । यसअघि बस्नेत प्रेस चौतारी नेपालको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

त्यस्तै, बुद्धिजीवी सङ्गठनको संयोजकमा डा। दिनेश देवकोटा र सहसंयोजकमा कृष्ण केसीको नाम प्रस्ताव गरिएको छ । देवकाटा तत्कालीन एमालेबाट र केसी माओवादीबाट प्रस्तावित हुनुभएको हो । सोहीअनुसार युवा सङ्गठनको संयोजकमा रामप्रसाद सापकोटा र सहसंयोजकमा रमेश पौडेलको नाम प्रस्ताव गरिएको छ । सापकोटा तत्कालीन माओवादीबाट र पौडेल एमालेबाट प्रस्तावित हुनुभएको हो ।

तर युवामा केही विवाद भएपछि त्यसको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी दुई अध्यक्षलाई दिइएको एक सदस्यले बताउनुभयो । सचिवालय बैठकमा सो प्रस्ताव आएपछि त्यसमा सामान्य विवाद देखिएपछि सोबारेमा पार्टीका दुई अध्यक्षलाई जिम्मा दिइएको ती सदस्यले बताउनुभयो ।

त्यस्तै, इन्जिनियरहरूको जनवर्गीय सङ्गठनको संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली चयन हुनुभएको छ । श्रेष्ठ एमालेबाट र पराजुली माओवादीबाट प्रस्तावित हुनुभएको हो । सोहीअनुसार मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा तत्कालीन एमालेबाट मीनबहादुर शाही र सहसंयोजकमा तत्कालीन माओवादीबाट हुकुम पोखरेल प्रस्तावित हुनुभएको छ ।

नेकपाले यसअघि स्थायी कमिटी, केन्द्रीय कमिटी, जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाइसकेको छ । पार्टी पोलिटव्युरो सदस्यको टुङ्गो लागेको पार्टी नेताहरूले दावी गर्नुभए पनि औपचारिक रुपले नाम सार्वजनिक गरिएको छैन । सो बारेमा जेठ ५ गते बस्ने सचिवालय बैठकमा निर्णय हुने सचिवालयका सदस्यहरुले बताउनुभएको छ ।

२०५० साल जेठ ३ गते तत्कालीन पार्टी महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको चितवनको दासढुङ्गामा जिप दुर्घटनामा परी निधन भएको थियो । सोही स्मरणमा नेकपाले स्मृतिदिवस मनाउँदै आएको छ ।

तत्कालीन नेकपा (एमाले) को केन्द्रीय कार्यालय रहेको बल्खुको मदननगरमा नेकपाले स्मृतिसभाको आयोजना गर्ने तयारी गरेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच एकता भएको अवसरमा गत वर्ष पनि सोही स्थानमा स्मृतिसभाको आयोजना गरिएको थियो ।

पार्टी एक भएको वर्षदिन पुगेको अवसरमा पार्टी एकता प्रक्रियाको बाँकी काम टुङ्गो लगाउने तयारी गरेको दलले शुक्रबार सोबारे केही सन्देश दिने तयारी गरेको छ । कार्यक्रममा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ’प्रचण्ड‘ ले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको श्रेष्ठले बताउनुभयो । गोरखापत्र दैनिकमा लक्की चौधरीले लेखेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 5:46 am