आज (शुक्रबार) मेघगर्जन सहित वर्षा हुने

काठमाडौं, जेठ ३ । शुक्रबार देशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भु–भागमा मौसम सामान्यतया सफा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भु–भागका थोरै स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी रातिको समयमा देशका पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु–भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३, २०७६ /Friday, May 17th, 2019, 5:28 am