यी हुन् नेकपाको जनवर्गीय संगठनको अध्यक्ष, कसलाई कुन जिम्मेवारी (सूचिसहित)

काठमाडौं, जेठ २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनवर्गीय संगठनको भागवण्डा टुंगिएको छ । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले सबै जनवर्गीय संगठनको प्रमुखको जिम्मेवारी टुंग्याएको हो ।

जस अनुसार अनेरास्ववियूको अध्यक्षमा ऐन महर, वाईसीएलको अध्यक्ष दीपशीखा, महिलाको अध्यक्षमा अमृता थापामगर, पत्रकारको अध्यक्षमा महेश्वर दाहाल, बुद्धिजीवीको अध्यक्षमा डा. दिनेशचन्द्र देवकोटा, मजदूरको अध्यक्षमा विनोद श्रेष्ठले जिम्मेवारी पाएका छन् ।

हेर्नुस सुचीः
अनेरास्ववियूको अध्यक्षः ऐन महर
वाईसीएलको अध्यक्षः दीपशीखा
महिलाको अध्यक्षः अमृता थापामगर
पत्रकारको अध्यक्षः महेश्वर दाहाल
बुद्धिजीवीको अध्यक्षः डा. दिनेशचन्द्र देवकोटा
मजदूरको अध्यक्षः विनोद श्रेष्ठ

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 7:35 pm