इन्फिनिटी लघुवित्तको आईपीओ जेठ १३ गतेदेखि निष्काशन

काठमाडौं, जेठ २ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) जेठ १३ गतेदेखि निष्काशन गर्ने भएको छ । लघुवित्त कम्पनीले ६ लाख ७४ हजार कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो । जसमध्ये १० हजार ३ सय ७० कित्ता कम्पनीका कर्मचारीको लागि, ३३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणको लागि छुट्याएको छ । आवेदकले यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा जेठ १६ र ढिलोमा असार १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

हाल कम्पनीको चुक्ता पूँजी १४ करोड रुपैयाँ छ । साधारण शेयर निष्कासन पश्चात पुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हाल सम्ममा ४२ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले २ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ ।

आइपीओको लागि निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड छ । धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 5:22 pm