शिघ्रस्खलन हुने यी कारणहरु थाहा पाउनुहोस् र सेक्स लाइफ राम्रो बनाउनुहोस

आजकल धेरै जसो सबै उमेरका पुरुषमा शिघ्र स्खलनको समस्याले सताएको हुन्छ। शिघ्रस्खलन भन्नाले पुरुषको विर्य अपेक्षित समय भन्दा अघि नै स्खलन हुनु हो। शिघ्र स्खलनको कारणले गर्दा आफ्नो प्रेमिका, लाइफ पार्टनर वा सेक्स पाटनरलाइ सन्तुष्टि दिन सकिदैन र यौन सुख दिन नसक्दा कतिपय समयमा परिवार बिछोड हुने घटना पनि देख्न र सुन्न थालिएको छ।

यो समस्याको समाधान खोज्नु भन्दा पहिला यो समस्या के कारणले हुन्छ भन्ने बारेमा जान्नु जरुरि छ ,…
आखिर के कारणले शिघ्र स्खलनको समस्या हुन्छ त, आउनुहोस यसबारे चर्चा गरौँ

– धेरै मात्रामा हस्तमैथुन गर्ने गर्दा पनि शिघ्रस्खलनको समस्या आउने गर्दछ। अत्यधिक हस्तमैथुनले सरिरको बायोलोजिकल क्लक सेट हुन जान्छ र पुरुष छिटो क्ल्याइमेक्समा पुग्छन र तत्कालै विर्यपात हुन् जान्छ।

– सेक्सको बारेमा धेरै सोच्ने गर्नाले पनि शिघ्रस्खलन हुने गर्दछ। त्यस्तै धेरै पोर्न भिडियो हेर्ने गर्नाले पनि व्यक्ति चाडै धेरै उत्तेजित हुन्छन र छिटो स्खलित हुने गर्दछन।

– सेक्सको सुरुवाती दिनहरुमा पनि यस्तो समस्या हुने गर्दछ।

-हतार वा डर, त्रासमा यौन सम्पर्क राख्दा पनि शिघ्रस्खलनको समस्या हुने गर्दछ।

-पुरुष वा महिला कुनै पार्टनर नया छ भने पनि यस्तो समस्या आउने गर्दछ। पर्याप्त फोर्प्ले बिना नै गरिने यौन सम्पर्कमा पनि यस्तो समस्या उत्पन्न हुने गर्दछ।

-यौन सम्पर्क अघि मुख मैथुन गर्ने गर्दा पनि छिटो बिर्यपात हुने गर्दछ।

-शिघ्रस्खलन हुने समस्या कम गर्नको लागि पुरुषले आफ्नो पार्टनरलाइ उत्तेजित बनाउने तर आफ्नो उत्तेजना भने कमै राखेर यौन सम्पर्क गर्नु पर्दछ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 10:36 pm