बिहिबार बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ, जेठ २ । साताको अन्तिम कारोबार दिन बिहिबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) २ दशमलव २९ अंकले घटेर  १ हजार ३ सय १८  को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

 

त्यस्तै गरी बिहिबार  ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक सुन्य  दशमलव ८१  अंकले घटेर  २ सय ८१ दशलमव ४४  अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन नेप्से संगै कारोबार रकम पनि घटेको छ,   बुधबार  १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ३३ करोड ३ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज बिहिबार भने १७३ कम्पनीको २९ लाख ९२ हजार  ६ सय ६३ कित्ता शेयर किनबेच हुँदा ९४ करोड ७६ लाख ५६ हजार ५ सय १६ रुपैया बराबरको शेयर कारोबार भएको छ  ।

यस दिन १२ वटा समूहमध्ये ५  वटा समूहहरु बढेका छन् भने ७  वटा समूह घटेका छन् ।बिकासबैंक २१.२५ अंक, फाइनान्स २.८४ अंक, निर्जिबन बिमा २७.२७ अंक, उत्पादन समूह ९९.७४ अंक र म्युचल फण्ड सुन्य धस्मलब ०१ अंकले बढेका छन् भने सबै भन्दा बढी होटल्स समूह १२.५६ अंकले घटेको छ ।

यस दिन शिवम सिमेन्टको सबै भन्दा धेरै रकमको कारोबार भएको छ । जसको कारोबार १३  करोड ४१ लाख ८  हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्बाधिक कमाउनेमा सिवाम सिमेन्टका  लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ  ।त्यस्तै आज  पल्टीप्रपोज फाइनान्सको ९ दशमलव ६६ प्रतिशतले र कर्णली डेभलपमेन्ट बैंकको ९ दशमलव १८ प्रतिशतले बढेको छ ।

यस दिन सर्बाधिक गुमाउनेमा कृषि बिकाश बैंकका  लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ३  दशमलव ८८  प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 3:36 pm