श्रीमतीलाई एशिड छयाप्ने भुजेलले प्रहरी समक्ष यस्तो बयान दिए

काठमाडौँ, जेठ २ । कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले शंकाकै भरमा श्रीमतीलाई एसिड छ्यापेको बताएका छन् । काभ्रे, धुलिखेलका भुजेलले प्रहरीसमक्ष श्रीमती जेनी खड्काको अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेको बयान दिएका हुन् ।

बुधबार राती श्रीमतीमाथि एसिड प्रहार गरेका उनले आफूसँगै बस्न नमानेपछि एसिड हानेको समेत बताए । भुजेललाई प्रहरीले काँडाघारीबाट पक्राउ गरेको हो ।

मोटरसाइकल ग्यारेजमा काम गर्ने भुजेल र जेनी खड्काको छ वर्षअघि बिहे भएको थियो । उनीहरू दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका थिए । दुई वर्षदेखि खड्काले छोरा पनि आफूसँगै हुर्काइरहेकी थिइन् ।

उनको टाउको र हात जलेको छ । उनको ओम अस्पतालमा उपचार भइरहेकोमा त्यहाँबाट कीर्तिपुर अस्पताल रिफर गरेर पठाइएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ २, २०७६ /Thursday, May 16th, 2019, 12:34 pm