ललितपुरको ठेचोमा आगलागी

ललितपुर, जेठ १ । ललितपुरको गोदावरी नगरपालिका ठेचो स्थित आरके कार्पोट र बाराही काष्ठ उद्योगमा आगलागी भएको छ । बुधबार बेलुका किशोर घिमिरेको काठ गोदाममा आगलागी हुँदा गोदामघर पूर्णरुपमा जलेर नष्ट भएकोे छ । ग्यास सिलिण्डर पड्केर आगोलागी भएको प्रत्यक्षदर्शी चेतनाथ बगजाईले बताए ।

आगो नियन्त्रणको लागि महानगरिय प्रहरी वत्त सातदोवाटोेका डिएसपी गौतम मिश्र र महानगरिय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खिउजूको टोली घटना स्थालमा पुगि आगो नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसर जाउलाखेलका प्रवक्ता नारायण चिमौरियाले दैनिकीन्युजलाई बताए । उनका अनुसार ग्यास लिक भएर आगलागी हुन आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यसबारे थप अनुसन्धान गरिरहेको प्रवक्ता चिमौरियाले बताए ।

आगो नियन्त्रणको लागि काठमाडौं, भक्तपुर, ललितपुरका दमकल आगोलागी स्थलमा आईपुुगेका छन् । आगलागीबाट के कति क्षति भएको हो सो को विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 9:06 pm