राखेपका पूर्व कोषाध्यक्ष महर्जन भोली झापा जादै

काठमाडौं, जेठ १ । झापामा सुरु हुन लागेको छैठौ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको लागी राष्ट्रिय खेलकुद परिषद पुर्ब कोषाध्यक्ष कराते पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जन विश्व कराते महासंघ रेफ्री करातेका बरिष्ठ प्रशिक्षक प्रकाश मोहन धौबडेल र नेपाल कराते महासंघ प्रमुख प्रशिक्षक सोभितराज प्रसाईं भोली त्यसतर्फ प्रस्थान गर्ने भएका छ्न ।

जेठ २ र ३ गते संचालन हुने उक्त प्रतियोगितामा नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान गरि दुई सयभन्दा बढी खेलाडीहरुले भाग लिने आयोजक कमिटी संयोजक कराते अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जनले बताए । मीनकृष्ण र सोभितले सहभागी प्रशिक्षकहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरुसंग चाडै नै हुन लागेको नेपाल कराते महासंघ निर्बाचनको विशेषमा समेत छलफल गर्ने भएका छ्न ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 8:29 pm