नेप्सेमा दुई कम्पनी शेयर सूचिकृत

काठमाडौं, जेठ १ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई कम्पनीको ५२ लाख ४७ हजार २ सय ४ कित्ता बोनस शेयर सूचिकृत भएको छ । सूचिकृत गर्ने कम्पनीहरुमा कृषि विकास बैंक र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् ।

आज नेप्सेमा कृषि विकास बैंकको ५१ लाख ३ हजार १ सय २९ दशमलव ६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

त्यसैगरी आजै ग्लोबल आईएमई लघुत्ति वित्तीय संस्था लिमिटेडको १ लाख ४४ हजार ७५ कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

यी शेयर नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा खरीद विक्री गर्न सकिनेछ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 6:42 pm