बुधबार पनि बढ्यो नेप्से, कारोबार १ अर्ब ३३ करोड

काठमाडौँ, जेठ १  । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ५५ अंकले बढेर १ हजार ३ सय २१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै गरी मंगलबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २  दशमलव ५१  अंकले बढेर २ सय ८२ दशलमव २५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

मंगलबार  १ सय ७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ३ करोड ७२ लाख ५८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो  । आज बुधबार भने १ सय ७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ३३ करोड ३ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन १२ वटा समूहमध्ये  ६ वटा समूहहरु बढेका छन् भने ६ वटा समूह घटेका छन् ।

यस दिन एनसिसि बैंकको सबै भन्दा धेरै  रकमको  कारोबार भएको छ । जसको कारोबार १४ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको भएको छ ।

यस दिन सर्बाधिक  कमाउनेमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै विशाल बजार कम्पनीको सेयर मूल्य पनि ७ दशमलव ७९ प्रतिशतले बढेको छ ।

साथै यस दिन सर्बाधिक  गुमाउनेमा हिमालय डिस्टिलरी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ६ दशमलव ०३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ १, २०७६ /Wednesday, May 15th, 2019, 3:43 pm